मदिना मदरसामा जस्ने गरिब नवाज कार्यक्रम

बुटवल, ४ बैशाख 
बुटवल मदिना मदरसा मस्जिद प्रबन्ध परिषद द्वारा नयाँ बर्ष २०७६ अवसरमा शुभकामना आदान प्रदान तथा जस्ने गरिब नवाज कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता तथा उप प्रमुख गुमादेवी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज बहादुर सुनार, रजाय मुस्तफा मस्जिद का अध्यक्ष हाजी मकबुल मिया को आतिथ्यता रहेको थियो ।
नयाँ बर्षको शुभकामना आदान प्रदान नयाँ कार्य समितिको पदस्थापन तथा मस्जिद निर्माण गर्न योगदान गर्नु हुने हरुलाइ कदर पत्र द्वारा सम्मान गरिएको थिया ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष हाजी सकुर मिया निबर्तमान अध्यक्ष बबर मिया ज्युले आफ्नो अध्यक्षताको माला लगाई िअध्यक्षको प्रदभार ग्रहण गराएका थिए ।
मस्जिद निर्माण गर्न योगदान पुर्याउनु हुने स्वर्गिय करिम दिन मिया कि धर्म पत्नी हज्जिन सकिना मियानी , स्वर्गीय खली लुल्लाह ु कि धर्म पत्नी करिना बेगम , हाजी करिम बक्स मिया , हाजी याकुब खा,हाजी मुनिर बक्स मिया, मोहम्मद खालिद मिया, हाजी जमाल मिया, हाजी अहमद अलि मिया तथा जलिउल्लाह मिया लाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले खादा र कदर पत्र द्वारा सम्मान गर्नु गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिस्ठ उपाध्यक्ष जलिउल्लाह गरेका थिए । यस्तै कार्यक्रममा रजाय मुस्तफा मस्जिद का अध्यक्ष हाजी मकबुल मिया , निबर्तमान अध्यक्ष बबर मिया, वार्ड न ५ का वार्ड अध्यक्ष तेज प्रसाद सुनार , विशिष्ट अतिथी बु उ म न पा कि उप मेयर गुमा देबि आचार्य , प्रमुख अतिथी ज्यु ले शुभकामना मनतब्य राखेका थिए ।

मस्जिद का बिषयमा संस्थाका कोसाध्यक्ष सलाम बक्स मिया ,सबर मिया ले प्रकास पारेका थिए । कार्यक्रममा करिब १५०० जना को जन सहभागिता रहेको कमालद्दिन मियाले जानकारी दिए । धन्यवाद मन्तब्य संस्थाका संरक्षक हाजी जमाल मिया राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिब मोहम्मद जमिल खान गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार