पत्रकार रिहाईको माग गर्दे नवलपुरमा पत्रकारको धर्ना - Butwal Online

सदिक्षा गैरे

कावासोती ४, बैशाख / पोखराका पत्रकार अर्जुन गिरि लाई समाचार लेखैकै आधारमा पक्राउ गरि मुद्धा चलाईएको भन्दै नवलपुरका पत्रकारहरुले आज जिल्ला प्रशाशन कार्यालयमा धर्ना दिएका छन् । उनिहरुले पत्रकार गिरिलाई तत्काल विना शर्त रिहा गर्न पनि माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको अगुवाईमा भएको धर्ना कार्यक्रममा जिल्लाका अधिकांश पत्रकारहरु को सहभागिता रहेको थियो । पत्रकारहरुले जिल्ला प्रशाशन कार्यालयको मुल गेटमानै धर्ना दिदैं प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको ग्यारेण्टी गर्न सरकार संग माग गरेका थिए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट , गण्डकी प्रदेश समितिका कोषाध्यक्ष दिपक भट्टराई , सदस्य राजेश सुनाम लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसैबिच प्रेस संगठन नवलपुरले बुधबारनै पत्रकार गिरिको रिहाईको माग गर्दे जिल्ला प्रशाशन कार्यालय नवलपुर मार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रेस चौतारी नवलपुरका उपाध्यक्ष शालिकराम कोईराला र प्रेस सेण्टरका कार्यबाहक अध्यक्ष अर्जुन अविरलले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा तत्काल पत्रकार गिरिलाई रिहाई गर्न माग गरिएको छ । कास्कीबाट प्रकाशित हुने ताण्डब साप्ताहिकका सम्पादक गिरिलाई प्रहरीले बिद्युतीय कारोवार ऐन अन्र्तगत भन्दैं पक्राउ गरेको थियो ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार