दीपमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित - Butwal Online
दीपमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

बुटवल, वैशाख–४  
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।


कार्यक्रममा विद्यालयले बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाले २०७५ मा लिएको आधारभूत तह उत्तीर्ण परीक्षामा जी.पी.ए ४ अङ्क ल्याउने दीप बोर्डिङ हाई स्कूलकी छात्रा शर्मिला पन्थी लगायत उत्कृष्ट जी.पी.ए. हासिल गर्ने विद्यार्थीहरूलाई टीका र प्रमाणपत्र तथा टप टेनमा पर्न सफल विद्यार्थीका अभिभावकहरूलाई खादाद्वारा सम्मान गरेको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन निरन्तर अध्यापनमा खट्नुहुने १४ जना शिक्षक शिक्षिकाहरूलाई समेत खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राचार्य टीकाराम न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूले कुशल व्यवस्थापन सहित अब्बल नतिजाका लागि आआफ्नो क्षेत्रबाट खट्नुहुने विद्यालय प्रशासन, सम्पूर्ण शिक्षक, अभिभावक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूको सभाध्यक्षता, उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, ७ र ८ का संयोजक कृष्ण भुसालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक द्वय पुरुषोत्तम पाण्डेय र दिनेश खड्काले संयुक्त रूपमा गर्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार