राष्ट्रपतिद्वारा आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन - Butwal Online
 राष्ट्रपतिद्वारा आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन

नेपालगञ्ज, ५ वैशाख

राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गरेकी हुन् ।


प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए ।

युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गरेका थियो । सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्वखेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिएका थियो । रासस

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार