जितगढी विजय उत्सवको भव्य तयारी, प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री प्रचण्ड बुटवल आउदै - Butwal Online

बुटवल

तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदा स्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो ।

२०४ वर्षअघि विसं १८७१–७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो ।

यस पटक भोलि दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले वताए । शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सुबेदीको भनाई छ ।

बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइरालालगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले वताए ।

बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको छ । दिवसका अवसरमा तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ । मञ्च निर्माण, स्वागतद्वार निर्माण सरसफाईलगायतका काम भइरहेका छन । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु,प्राविधिक हरु र सुरक्षाकर्मीले दिवसको तयारी गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जीतगढीलाई राष्टिय अन्तर्रा्ष्ट्यि क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने कार्यको सुरुवाद गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वताए ।

शर्माले यस पटकको उत्सव पश्चात गुरुयोजना बनाई जीतगढीको संरक्षण, प्रबर्द्धन र बिकास गरीने वताए । बैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिकाबाट विजय र्याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बन्दै गुरुयोजना

जीतगढीलाई संरक्षण गर्दै यहाँ पर्यटन प्रवद्र्धन गर्ने काम सुरु भएको छ । बुटवल उपमहानगरले जीतगढी संरक्षणको प्रारम्भिक गुरुयोजना बनाएको छ । त्यसमा जीतगढीलाई मणिमुकुन्द सेन (फूलबारी), नुवाकोट गढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिल पार्कसम्म जोडिएको छ ।

हटाइँदै अतिक्रमण
ऐतिहासिक सम्पदा भए पनि जितगढी क्षेत्र अतिक्रमणको शिकार भएको छ । वरपर अतिक्रमण गरेर घर, टहरा लगायतका संरचना बनाइएका छन् । यहाँ ३१ घर छन् । बुटवल उपमहानगरले किल्ला क्षेत्रमा अतिक्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाउने योजना बनाएको नगरप्रमुख सुबेदीले बताउनुभयो ।

सुरक्षा बैठक
जीतगढी विजय उत्सवको तयारीले सुरक्षाकर्मी उत्साही छन् । उत्सव सफल पार्न सुरक्षा निकाय सक्रिय छ । नेपाली सेना लगायत सुरक्षा निकाय यो किल्लालाई नेपाली सुरक्षाकर्मीको वीरता ठान्छन् ।
उत्सव सफल पार्न बिहीबार बुटवलमा सुरक्षा बैठक बस्यो । बैठकले उत्सवलाई सफल पार्ने र नेपाली सुरक्षाकर्मीको युद्ध कौशललाई सम्झाउने गरी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार