Trending
  • जीतगढि उत्सवको भव्य तयारी यसरी हुदैछ हेर्नुहोस १८ तस्वीरमा - Butwal Online

    बुटवल, ६ बैशाख

    तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले भोली बैशाख ७ गते जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ ।



    सम्पदा स्थल किल्ला परिसरमा हुने विजय उत्सवमा अहिले तयारी व्यापक भइरहेको छ । मञ्च बनाउने, गढिलाई सजाउने काम भइरहेको छ । २०४ वर्षअघि विसं १८७१र७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो ।
    यस पटक भोली दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन । बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
    बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको छ । दिवसका अवसरमा तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ ।

    मञ्च निर्माण, स्वागतद्वार निर्माण सरसफाईलगायतका काम भइरहेका छन । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु,प्राविधिक हरु र सुरक्षाकर्मीले दिवसको तयारी गरिरहेका छन् ।
    भोली बैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिका बाट विजय र्याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

    फोटो / विकाश पराजुली

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार