अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने जिशि पक्राउ - Butwal Online
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने जिशि पक्राउ

दाङ, ६ बैशाख 

वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ । अमेरिका पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले घोराहीका टोपबहादुर जिशिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जिशि नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हुन् ।जिशिलाई दाङ प्रहरीको सहयोगमा ब्युरोको टोलीले पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । उनलाई आज ब्युरोले काठमाडौ लैजादै छ  ।

 

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार