पुरुष फुटबलमा एपीएफ विजयी - Butwal Online
पुरुष फुटबलमा एपीएफ विजयी


बाँके ,७ बैशाख ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । तेस्रो खेलमा एपीएफको यो दोस्रो जीत हो ।
२–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार विहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो । ५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफ खेलमा फर्किएको थियो । निर्धारित समयको अन्त्यतिर ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जीत निश्चित भएको थियो ।
गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो । तर, जीत निकाल्न सकेको छैन । शुरुवाती अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो । ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो । अन्तिममा २÷२ गोल भयो ।
एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थिय

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार