Trending
  • जितगढी विजय उत्सव दिवस मनाउँदै गर्दाका तस्वीरहरु - Butwal Online
    जितगढी विजय उत्सव दिवस मनाउँदै गर्दाका तस्वीरहरु

    बुटवल, ७ बैशाख 

    प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीलाई उस्काएर जनतामा भ्रम छर्ने काम भएको बताएका छन् । उनले देश विकासको बाटोमा अघि बढेको भएपनि केही विरोधीहरु ज्योतिषीलाई उचालेर भ्रम फैलाउने काममा लागेको बताए ।



    बुटवलमा जितगढी विजयी उत्सवको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माता र पिताका नाममा अनावश्यक भ्रम फैलाउने काम भइरहेको भन्दै जनतालाई भ्रममा नपर्न आग्रह गरे ।

    उनले सरकारको समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीहरुलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताए । प्रधानमन्त्री ओलीले गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेकोजस्ता ज्योतिषीहरुको भविष्यवाणी प्रति संकेत गर्दै त्यसका पछाडि नलाग्न आग्रह गरे । जितगढी उत्सवका केही तस्वीरहरु हेर्नुहोस्

    फोटो / विकाश पराजुली

     

     

     

     

     

     

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार