सुटिङ प्रतियोगिता नेपालगन्जमा सुरु - Butwal Online
सुटिङ प्रतियोगिता नेपालगन्जमा सुरु

बाँके, ७ बैशाख 
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा सुटिङ खेल शनिवारबाट सुरु भएको छ । सात प्रदेश र दुई विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव गरि ६५ जना खेलाडी सहभागी छन् । २३ औं महिला तथा २४ औं पुरुष सुटिङ्ग प्रतियोगिता सुरु भएको हो ।


प्रतियोगितामा महिला र पुरुष एयर राइफल तथा पेस्तोल विधाका खेल हुने प्रशिक्षक त्रिलोचन कृष्ण श्रेष्ठले जानकारी दिए । उनले शनिवार क्वालिफाइन राउण्डका खेल हुने बताए । ‘क्वालिफाइन राउण्डबाट ८ जनालाई चयन गरिने छ,’ उनले भने ।
६ सय पूर्णाङ्कमा खेलाइने सुटिङ खेलमा एक जना खेलाडीलाई ६० वटा गोली दिइन्छ । शनिबार सुरु भएको प्रतियोगितामा २२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । एयर राइफल तर्फ ६ महिला र ७ पुरुष तथा एयर पिस्तोल तर्फ ४ महिला र ५ पुरुषले प्रतिस्पर्धा गरेका छन् ।
एयर राईफल महिला तर्फ अर्चना शाहले ४५६, प्रदेश २ की भावना ढुंगेलले ४७८, प्रदेश ३ की जुनु घिसिङले ४१४, प्रदेश ५ की बसन्ती केसीले ५०१, कर्णालीकी सीता सिंह ४९८, नेपाल प्रहरीका अस्मिता राई ५६६ अंक प्राप्त गरिन् । शनिबार महिला तर्फको एयर राइफलमा अधिक अंक नेपाल प्रहरीकी राईले प्राप्त गरिन् ।
त्यस्तै, एयर राइफल पुरुष तर्फ नेपाली सेनाका सुसे चौधरीले अधिकम अंक हासिल गरेका छन् । प्रदेश ५ खेलकुद परिषद्का उपाध्यक्ष नरेन्द्र थापाका अनुसार, चौधरीले ५ सय ६५ अंक हासिल गरेका छन् । प्रतियोगितामा नेपाली सेनाकै सुजन राना मगरले ५४६, गण्डकी प्रदेशका धन बहादुर विकले ५५७, नेपाल प्रहरीका हरि बहादुर थापाले ५५५, प्रदेश १ का दुर्लभ श्रेष्ठले ४३९, , प्रदेश ५ का रामु क्षेत्रीले ५३०, प्रदेश २ का प्रतिक कुँवरले ५१५ अंक हासिल गरे ।
एयर पिस्तोल महिला तर्फ शनिबार भएको खेलमा सबैभन्दा बढी अंक नेपाल प्रहरीकी सीमा तुलाधरले हासिल गरिन् । । प्रदेश ५ खेलकुद परिषद्का उपाध्यक्ष थापाका अनुसार तुलाधरले ५३० अंक हासिल गरेकी थिइन् ।
प्रतियोगितामा प्रदेश १ की कमला राईले ४६४, सुदुरपश्चिमकी सावित्री बोहराले ४६५, गण्डकी प्रदेशकी सुशिला केसीले ४६० अंक प्राप्त गरेकी थिइन् ।
त्यस्तै एयर पिस्तोल पुरुष तर्फ सबैभन्दा बढी अंक नेपाल प्रहरी र नेपाली सेनाका खेलाडीले हात पारेका छन् । प्रहरीका सुकदेव चौधरी र सेनाका कुँवेर केसीले समान ५४६ अंक प्राप्त गरेका हुन् । प्रतियोगितामा प्रदेश नं. २ का जग्गिलाल महतोले ५ सय ३१, प्रदेश नं. ३ का उत्कृर्ष थापाले ४७१, गण्डकी प्रदेशका केभि पुनले ५ सय २२ अंक हात पारे ।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार