एनएमवि बैंकको “सबैको–सहारा बचत खाता” अभियान सुरु - Butwal Online
एनएमवि बैंकको “सबैको–सहारा बचत खाता” अभियान सुरु

बुटवल, ८ बैशाख

एनएमवि बैंकले खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि “सबैको–सहारा बचत खाता” सुरु गरेको छ । बैकले आफ्नो एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंकालागि साहरा भन्ने नारा सहित एनएमबि सबैको सहारा बचत खाता संचालनमा ल्याएको हो ।

बैकले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सबैको सहारा बचत खाता मा बैंकको तर्फबाट एक सय जम्मा गर्ने बताएको छ ।

यस खातामा प्रत्येक ग्राहक हरुको अग्रिम बीमा सुरक्षण गरिने बताइएको छ । जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्क घात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई १० लाख सम्मको बीमा रकम उपलब्ध गराइने एन एम वि बैकका प्रदेश नंं ५ प्रमुख सुरेन्द्रमान महर्जनले जानाकारी दिए ।

त्यस्तै उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएम बाट निशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेको लोन म्यानेजर कमल प्रसाद न्यौपाने बताए ।

सन २०१७ र २०१८ मा लगातार बैंक अफदिइयर अवार्डबाट सम्मानित एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमा एक मात्रै सदस्य बैंक हो । विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनिय योगदान पु¥याइरहेको एनएमबि बैंक आफ्ना ग्राहकहरुलाई हाल ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथा अन्य वैकल्पिक बैकिङ्ग सुविधाहरुका माध्यमबाट विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार