आठौ राष्ट्रिय खेलकुद : प्रदेश न : ५ सतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा - Butwal Online

बाँके, ८ बैसाख 

बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् ।



तीन खेलमा शतप्रतिशत नतिजा निकालेको ५ नम्बर प्रदेश एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । आइतबार विहान आशिष लामाको ह्याट्रिकसहित एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित ग¥यो । १४, ६३ र ७० मिनेटमा गोल गर्दै लामाले ह्याट्रिक पूरा गरेका थिए । सुदीप सिम्राकारले २४ मिनेटमा एक गोल गरे ।

चारमध्ये तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश र एपीएफमध्ये को चाहि गु्रप फस्ट हुन्छ भन्ने कुरा ५ नम्बर प्रदेशको अन्तिम खेलमा निर्भर रहेको छ । ५ नम्बर प्रदेशले अन्तिम खेल ३ नम्बर प्रदेशसँग खेल्दैछ । ३ नम्बर प्रदेशसँग जीत या बराबरी गर्दा नै ५ नम्बर प्रदेश गु्रप फस्ट हुने ५ नम्बर प्रदेशका प्रशिक्षक सानु तामाङले बताए ।

एक जीत, एक बराबरी खेलेको ३ नम्बर प्रदेश एपीएफसँग पराजय भएसँगै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ । गण्डकीले १ नम्बरलाई ४–० गोलले पराजित गरेको हो । गण्डकीबाट टीकाराज गुरुङले ६ र २१ मिनेट, त्रिदेव गुरुङले ४ मिनेट र विजय श्रेष्ठले २५ मिनेटमा गोल गरेका थिए । खेलमा गण्डकीका टीकाराज गुरुङले ६६ मिनेटमा रेडकार्ड पाएका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार