आठौँ राष्ट्रिय खेलकुद : उसुमा त्रिभुवन आर्मी क्लवको अग्रता जारी - Butwal Online

बाँके, ९ बैशाख 
आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ ।


महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।
पुरुष छाङ्ग छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते । सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो आलेमगरले कास्य हात पारे ।
त्यस्तै पुरुष थायची छ्वान÷थायची चेन स्पर्धामा पनि आर्मीका हरिप्रसाद गोलेले स्वर्ण पदक हात पारे । उनले प्रदेश ३ का पासाङ शेर्पालाई पराजित गरे । शेर्पाले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जनक बुढाले कास्यमा चित्त बुझाए ।



महिला थायची छ्वान÷थायची चेन स्पर्धामा आर्मीले स्वर्ण हात पारेको छ । उक्त स्पर्धामा आर्मीका मिना ग्लानले स्वर्ण जित्दा आर्मीकै सविता राईले रजत र सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरीले कास्य पदक हात पारिन् ।

पुरुष नान छ्वान÷नान कुन स्पर्धामा एपीएफ क्वलका यूवराज थापालाई पराजित गरि कर्णाली प्रदेशका दिपक हमालले स्वर्ण जित्न सफल भए । भने एपीएफकै कास्य सन्नी श्रेष्ठले कास्य जिते ।
महिला नान छ्वान÷नान ताव स्पर्धामा आर्मीकी निमा घर्तीमगरले प्रदेश ३ की अन्जिता स्याङताङलाई पछि पार्दै स्वर्ण जितिन् । सो अस्पर्धामा कर्णाली प्रदेशकी सरु सोतीले कास्य पदकमा सिमित भइन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार