आठौँ राष्ट्रिय प्रतियोगिताः पौडी खेलमा त्रिभुवन आर्मी क्लव अग्रपंतिमा - Butwal Online

बाँके, ८ बैशाख 
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण जितेको छ । सोमवार ८ खेल भएकोमा आर्मीले पाँच स्वर्ण जित्दै अग्रपंतिमा रहेको छ । सोमवार भएको खेलमा नेपाल पुलिस, एपीएफ क्लव र एनआरएनले एक–एक स्वर्ण प्राप्त गरे ।


सोमवार भएको खेलमा पनि आर्मीकी गौरिका सिंहले दुई स्वर्ण जितिन् । उनले हालसम्म चार स्वर्ण जितिन् ।
सोमवार भएको चार सय मिटर महिला फ्रिस्टाइल र एक सय मिटर फ्रिस्टाइल विधामा दुई स्वर्ण जितिन् । उनले चार सय मिटर फ्रिस्टाइल ४ मिनेट ४४ सेकेन्डमा र एक सय मिटर फ्रिस्टाइल ५९ सेकेन्ड ६० पलमा निर्धारित दूरी पार गरि स्वर्ण जितिन् ।



त्यस्तै, ५० मिटर बटरफ्लाई पुरुष पौडीमा नेपाल पुलिसका सायद हम्जा शाहले २७ सेकेन्डमा दूरी पार गरि राष्ट्रिय रेकर्ड तोड्दै स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको २७ सेकेन्ड १० पलको राष्ट्रिय रेकर्डलाई तोडेका हुन् । उक्त विधामा २७ सेकेन्ड २२ पलमा दूरी पार गरि आर्मीका अनुभव सुब्बाले रजत र एपीएफका तेन्जिङ नामडोल ¥यान गुरुङले कास्य पदक हात पारे ।

त्यस्तै, ५० मिटर बटरफ्लाई महिला पौडी तर्फ आर्मीकी सोफिया शाहले ३३ सेकेन्ड ५० पलमा दूरी पार गरि स्वर्ण हात पारिन् । भने, नेपाल पुलिसका अनुसिया तुलाधरले ३४ सेकेन्ड ७५ पलमा दूरी पार गर्दै रजत र एपीएफकी श्रीवी महर्जन ३६ सेकेन्ड ६२ पलमा दूरी पार गर्दै कास्य पदकमा चित्त बुझाइन् ।
सोमवार नै भएको दुई सय मिटर ब्रेष्टस्ट्रोक महिलातर्फको खेलमा २ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै एपीएफका शुभम श्रेष्ठले स्वर्ण जित्दा नेपाल पुलिसका दिपांकर अवालेले २ मिनेट ३७ सेकेन्डमा दूरी पार गरि रजत र प्रदेश १ का विकास कुमालले २ मिनेट ३९ सेकेन्डमा दूरी पार गरि कास्य जिते ।

त्यसैगरि, दुई सय मिटर ब्रेकस्ट्रोक महिला तर्फ आर्मीका दुवाना लामाले २ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण, ३ मिनेटमा दूरी पार गरेकी आर्मीकै उपास्ती महर्जन रजत र नेपाल पुलिसकी अदिप्सा बैद्यले ३ मिनेट ३ सेकेन्डमा दूरी पार गरि कास्य जितिन् ।
त्यसैगरि, पुरुष एक सय मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले ५५.६३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जिते । भने, सोही स्पर्धामा नेपाल पुलिसका सायद हम्जा शाहले ५५.९४ सेकेन्डमा दूरी पार गरि रजत र आर्मीका अनुभव सुब्बाले ५७.३० सेकेन्डमा दूरी पार गरि कास्य पदक हात पारे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार