Trending
  • आज पनि मौसममा बदली, मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना - Butwal Online

    काठमाण्डौ,१० वैशाख ।
    आज पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँने र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतर्फ सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । चट्याङका साथै हावाहुरी पनि आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह समेत गरेको छ ।
    आज काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ ।
    भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार