कर्मचारीको अटेरिका कारण मिडिया सेन्टर अव्यवस्थित - Butwal Online
कर्मचारीको अटेरिका कारण मिडिया सेन्टर अव्यवस्थित

बुटवल, १० बैशाख

प्रदेश नं. ५ मा प्रदेश सभा स्थापना भएको १५ महिना वितिसक्दा पनि संसद सचिबालयले मिडिया सेन्टर व्यवस्थित गर्न सकेको छैन् । संसदीय मामिला  पत्रकार समाजले संसद सचिबालयलाई बारम्बार मिडिया सेन्टर व्यवस्थित गर्न लिखित रुपमै आग्रह गरेपनि भनेपनि अहिले सम्म मिडिया सेन्टर व्यवस्थित नभएको हो ।

 

प्रदेश सभाको रिपोटिङमा जाने पत्रकारहरुले मिडिया सेन्टरमै उभिएर समाचार टिप्न बाध्य भएका छन । मन्त्री, सांसदका स्वकिय सचिवहरु नजिकै नेपाल टेलिकम लेखेको स्थानमा गफिदै बस्दा पत्रकारहरु भने उभिएरै समाचार टिप्ने गरेका छन् । संसद सचिबालयमा मात्र नभई सभामुख पुर्ण बहादुर घर्ति, मन्त्री बैजनाथ चौधरी लगाएतका नेताहरुलाई समेत मिडिया सेन्टर व्यवस्थित गर्न आग्रह गरिएको भएपनि संसद सचिबालयको अटेरिका कारण मिडिया सेन्टर अस्तव्यस्त बनेको संसदिय मामिला पत्रकार समाज प्रदेश नंं ५ का अध्यक्ष विष्णु घिमिरले बताए ।

चर्को गर्मीमा समेत एउटा पनि पंखा मिडिया सेन्टरमा छैन भने ईन्टरनेटको सुविधा समेत छैन । नाम मात्राको मिडिया सेन्टरलाई संसद सचिबालयले व्यवस्थित गर्ने ध्याननै दिएको छैन । विभिन्न विषयगत समितिका कार्यालय, समितिका सभापतीका लागि छुट्टा छुटै कार्यकक्षको व्यवस्थापन भइसक्दा समेत मिडिया सेन्टर, स्वास्थ्य चेकजाँच स्थान व्यवस्थित गर्ने तर्फ सचिबालयको ध्यान जान सकेको छैन । मन्त्री र सांसदको निर्देशन समेत संचिबालयका सचिव दुर्लभ कुमार पुनले अटेर गर्दा सेन्टर व्यवस्थित हुन नसकेको हो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार