१५ महिनामा ४० सेकेण्ड बोलिन सांसद कुर्मी - Butwal Online
१५ महिनामा ४० सेकेण्ड बोलिन सांसद कुर्मी

बुटवल, १० बैशाख 

प्रदेश नं. ५ कि सांसद चिन्तावती कुर्मी पहिलो पटक संसदमा आफ्नो आधारणा राखेकि छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा शुन्य समयमा कुर्मी पहिलो पटक ४० सेकण्ड बालेकि हुन ।

बाँके जिल्लाको डडुुवा गाउँपालिका–२ की चिन्तावती कुुर्मी प्रदेश सभा स्थापना भएको १५ महिना पछि पहिलो पटक बालेकि छन् । प्रदेश मामिला तथा कानून समितिमा समेत रहेकी कुर्मी मंगलबार सभाको शुन्य समयमा बोलेकी हुन । सभामुख पुर्ण बहादुर घर्तिले शुन्य समयमा एक मिनेटको समय दिएपछि कुर्मीले दाउराबाट खाना पकाउदा बाँकेका महिलाहरूमा परको समस्या र त्यसको त्यसको विकल्पमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

तत्कालीन एमालेबाट समानुुपातिक उम्मेदवार बनेकी कुर्मी संसदको तेस्रो अधिबेशन चल्दा समेत रोष्टम उभिएर बोलेकि थिईन । केही दिन अघि मात्र  १५ महिना सम्म संसदमा एक शब्द पनि बोलिनन् भन्दै समाचार आएपछि कुर्मी संसदको तेस्रो अधिवेशनको ३० औं बैठकमा आएर बल्ल पहिलो पटक बोलेकि हुन । जनता कुरा संसदमा उठाउने मुख्य दायित्व जनप्रतिनिधीकै भएपनि १५ महिना सम्म कुर्मी संसदमा चुपचाप रहेकोमा आलोचना समेत हुन लागेको थियो ।

नेपाली भाषा नआएकाले उनले मैथली भाषामै संसदमा बोलेकि थिईन । प्रदेश सभामा ८७ सांसदमध्ये ३० जना महिला सांसद छन् । त्यस मध्ये प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका तारा जिसी, संघीय समाजबादी फोरमकी सुुमन रायमाझी, राष्ट्रिय जनता पार्टीका कल्पना पाण्डे सांसद छन् । यी सांसदहरु प्रदेश सभामा अनुुभव संगाल्दै बोल्न सिक्दै छन् ।

त्यस्तै संसदको शून्य समयमा बोल्दै सांसद अष्टभुजा पाठकले लुम्बिनी धुलोले अस्तव्यस्त भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । भैरहवादेखि लुम्बिनीसम्मको बाटो निर्माणाधिन छ ।

पर्यटकीय क्षेत्र धुलोले ढाकेको र दुर्घटना बढेको बताउँदै उनले संसदमा ठेकेदार कहाँ के गर्दै छ भन्दै प्रश्न राखेका थिए । त्यस्तै सांसद इन्द्रप्रसाद खरेलले जनता आवास कार्यक्रमको कार्यविधि अध्यावधिक गरिनुपर्ने बताए । त्यस्तै संसदको विशेष समयमा बोल्दै सांसद भगवतीदेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष मनाउदै गर्दा लुम्बिनीसँग सम्बन्धित रामग्राम र तिलौराकोट पछाडि परेका भन्दै तिनी दुवै क्षेत्रको पनि पर्वद्धन आवश्यक भएको बताइन् ।

चर्को गर्मीमा समेत एउटा पनि पंखा मिडिया सेन्टरमा छैन भने ईन्टरनेटको सुविधा समेत छैन । नाम मात्राको मिडिया सेन्टरलाई संसद सचिबालयले व्यवस्थित गर्ने ध्यानमै छैन । विभिन्न विषयगत समितिका कार्यालय, समितिका सभापतीका लागि छुट्टा छुटै कार्यकक्षको व्यवस्थापन भइसक्दा समेत मिडिया सेन्टर, स्वास्थ्य चेकजाँच स्थान व्यवस्थितमा भने सचिबालयको ध्यान जान सकेको छैन । मन्त्री र सांसदको निर्देशन समेत संचिबालयका सचिव दुर्लभ कुमार पुनले अटेर गर्दा सेन्टर व्यवस्थित हुन नसकेको हो ।

यो पनि ।

जो १५ महिना सम्म संसदमा एक शब्द पनि बोलिनन्

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार