चौथो नकआउट भेट्रान्स कप फुटबल : चितवनलाइ हराउदै भैरहवा विजयी - Butwal Online

कावासोती, १० बैशाख
कावासोती १७ गोछडामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा भैरहवा विजयी भएको छ । पूर्वी चितवन र भैरहवा विच भएको खेलमा ५÷२ गोल अन्तरले भैरहवा विजयी भएको हो ।

बुधबार पश्चिम चितवन र कास्की पोखरा विच खेल हुने खेल संयोजक पुष्परत्न महतोले जानकारी दिए । टाईगर युवा क्लबको आयोजनामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा चितवन, रुपन्देही, नवलपरासी पूर्व÷पश्चिम लगायतका जिल्लाहरुबाट १४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ७५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने समुहलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मान बहादुर थनेतले जानकारी दिए ।

साथै बेस्ट प्लेयर तथा म्यान अफ दि म्याच लाई नगद रु ३÷३ हजार प्रदान गरीने छ । प्रतियोगीतामा सहभागी खेलाडीहरुको उमेर समुह भने ४० बर्ष माथी र बैकल्पिक खेलाडी ५ जनाको उमेर भने ३५ बर्ष माथीको हुनुपर्ने छ ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार