बदेल मार्न राखेको विद्युतीय धरापमा मान्छे परेपछि… (फोटो भिडियो) - Butwal Online

बुटवल, ११ बैशाख
तिलोत्तमा नगरपालिकाका एक युवाको बदेल मार्न थापेको विद्युतिय धरापमा परि मृत्यु भएको छ । विगत १० दिनदेखि वेपत्ता भएको भनिएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ११ गणेशनगर स्थित भुपु सैनिक टोलका ४० वर्षिय मिन बहादुर गौतमको बंदेल मार्न थापेको विद्युतिय धरापमा परी मृत्यु भएको हो ।


सोही वडाकै केही युवाहरुले बदेल मार्न बैशाख १ गते राती खोला किनारमा विद्युतिय धराप थापेका थिए । सोही धरापमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैशाख २ गते बेदल र एक युवा धरापमा परेपछि ५÷६ जनाको समुहमा गएका उनीहरुले सोही दिन विहान बोरामा राखेर शव लुकाएको र राती देवदह ९ स्थित जंगलमा लगेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले जंगलमा लगेर गाडेको शव १० दिन पछि बुधबार उत्खनन् गरेर निकालेको हो ।


गौतम हराएको खबर गाउंघर हुंदै प्रहरीसंग पुगेपछि प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो । प्रहरीले घरपरिवार तथा टोल छिमेकसंग सोधपुछ गर्दै जांदा १ गते राती स्थानीय अरु युवाहरुको साथमा बंदेललाई पासो थाप्न गएको र सोहि पासोमा परी उनको मृत्यु भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले अनुसन्धान गर्दै जांदा जंगलमा रगतका टाटा देखिएको र संगै गएका भनिएका युवाहरुलाई सोधपुछ गर्दै जांदा गौतमको धरापमा परी मृत्यु भएपछि २ गते राती जंगलमा खाडल खनी पुरेको स्वीकार गरेको जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरेको छ ।प
क्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

फोटो / विकाश पराजुली 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार