प्रदेशसभा बैठक १५ गते सम्मकालागि स्थगित - Butwal Online
प्रदेशसभा बैठक १५ गते सम्मकालागि स्थगित

बुटवल,११ वैशाख ।
प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकासीत गरी प्रदेशसभाको वैठक वैशाख १५ गते सम्मकालागि स्थगित भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरीत सूचनामा वैशाख १३ गते शुक्रबार दिउसो १ बजे बस्नेगरी तय भएको वैठक बिशेष कारणवस सभामुखले स्थगित गरी यही वैशाख १५ गतेकालागि निर्धारण गरेको जनाइएको छ ।
सूचनामा बिशेष कारणवस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन ।
मंगलबार बसेको प्रदेशसभा वैठकको अन्त्यमा सभामुख पुर्णबहादुर घर्तीले अर्को वैठक यही वैशाख १३ गते शुक्रबार दिउसो १ बजे सदनलाई जानकारी गराउनु भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार