घटना लुकाउन शब गाडेको अभियोगमा पक्राउ परेका ५ जना सार्वजनिक - Butwal Online

बुटवल, ११ बैशाख
बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएपछि घटना लुकाउन साथीको शब गाडेको अभियोगमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
केही युवाहरुले बदेल मार्न बैशाख १ गते राती खोला किनारमा विद्युतिय धराप थापेका थिए । सोही धरापमा परेर तिलोत्तमा ११ का मीन बहादुर गौतमको मृत्यु भएपछि पाँच जना युवाहरुले मृतकको शव नजिकैको जंगलमा लगेर गाडेका थिए ।

गौतम १० दिनदेखि वेपत्ता भएकोमा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।
उनको शव बुधबार विहान गाडिएको स्थानबाट प्रहरीले निकाली शवलाई पोष्ट मार्टका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल ल्याएको थियो । शव गाड्ने तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले बताए ।

गौतम हराएको खबर गाउंघर हुंदै प्रहरीसंग पुगेपछि प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो । प्रहरीले घरपरिवार तथा टोल छिमेकसंग सोधपुछ गर्दै जांदा १ गते राती स्थानीय अरु युवाहरुको साथमा बंदेललाई पासो थाप्न गएको र सोहि पासोमा परी उनको मृत्यु भएको पत्ता लगाएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले अनुसन्धान गर्दै जांदा जंगलमा रगतका टाटा देखिएको र संगै गएका भनिएका युवाहरुलाई सोधपुछ गर्दै जांदा गौतमको धरापमा परी मृत्यु भएपछि २ गते राती जंगलमा खाडल खनी पुरेको स्वीकार गरेको बताए ।
घटना बारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताए ।

 

यो पनि पढ्नुहोस 

बदेल मार्न थापेको विद्युतिय धरापमा परि एक युवाको मृत्यु , जंगलमा गाडिएको अवस्थामा शव फेला

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार