लुम्बिनी भ्रमण वर्ष सफल बनाउन विशेष तयारी सुरु - Butwal Online
लुम्बिनी भ्रमण वर्ष सफल बनाउन विशेष तयारी सुरु

बटौली, ११ बैशाख 
लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी गरिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको छ ।

आगमी जेठ ४ गते विशेष कार्याक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोहको आयोजना गरिंदै छ । समग्र लम्बिनी भ्रमण वर्ष २०७६ र भ्रमण वर्ष मूल समारोह सफल बनाउने विषयमा बुधबार बुटवलमा अन्तरक्रिया गरिएको छ । प्र

देश नम्बर पांच पर्यटन मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया आयोजना गरिएको हो । त्यस अवसरमा बोल्दै प्रदेश पांचका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले मिडिया, नीजि क्षेत्र र पर्यटन व्यवसायीको सहयोग आवश्यक पर्ने बताए ।

उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी प्रचार प्रसारको थप आवश्यक्ता परेको उल्लेख गर्दै प्रचार प्रसारको कमी रहेको बताए । मन्त्री गिरीले आगमी वर्षलाई केन्द्रित गरेर २५ लाख दर्शक लुम्बिनीमा भित्राउने गरी लुम्बिनी भ्रमण वर्ष २०७६ लाई व्यपाकता बनाउनु पर्ने बताए । लुम्बिनी भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न प्रदेशका मुख्यमुख्य ठाउं र प्रदेश नम्बरको मुख्यमुख्य ठाउंमा पत्रकार सम्मेलन र अन्तरक्रिया गरेर व्यापकता गराउने बताए ।

लुम्बिनीमा विदेशी महिलाहरुले बच्चा जन्माउ सक्ने खालको स्तरीय अस्पताल स्थापना गरिनु पर्ने र त्यसका लागि संघीय सरकारसंग समन्वय गरिने बताए ।

उनले लुम्बिनीको गुरुयोजना आगमी त्नि वर्ष भित्र सम्पूर्ण पूर्वाधार तयार गर्नेगरी काम भैरहेको बताए । लुम्बिनी भ्रमण वर्ष २०७६ सचिवालय संयोजक लोकनाथ सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश पांचमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गनर्न आवश्यक रहेको बताए । प्रदेश पांचका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई लुम्बिनीसंग जाड्नु पर्ने उनको भनाइ छ । लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार समितिका संयोजक भरत केसीको अध्यक्षता र टुकराज पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार