अपाङ्गता भएका व्यक्तिहरुकालागि अभिमुखिकरण - Butwal Online
अपाङ्गता भएका व्यक्तिहरुकालागि अभिमुखिकरण

बुटवल, ११ बैशाख 
तिलोत्तमा नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन सम्म चलेको अभिमुखिकरण कार्यक्रम बुधवार सामापन गरिएको हो ।


समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जागेश्वरी चौधरीले सबैको समान सहभागीताको लागि समाजका सबै व्यक्तिहरुको प्रतिनिधित्व आवश्यक रहेको बताईन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य सावित्रा घिमिरे, तिलोत्तमा नगरपालिका महिला विकास अधिकृत भगवती अर्याल लगायतले सहजीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा तिलोत्तमा नगरपालिका का १७ वटै वडाबाट अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुको सहभागीता रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार