गुल्मीमा जीप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते - Butwal Online
गुल्मीमा जीप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते

गुल्मी, ११ वैशाख

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४ मा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । बुधबार गैडाकोटबाट बलेटक्सारको लागि छुटेको लु २ च १७ नम्बरको जीप र पिपलनेटाबाट लुम्छाको लागी छुटेको लु १२ प २९७६ नम्बरको मोटरसाइकल श्रृङ्गगाको कोलगैरामा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँका जीप चालक २३ वर्षीय तारा रास्कोटि, मालिका गाउँपालिका–६ का २२ वर्षीय बसन्त पराजुली, रेसुङ्गा नगरपालिका–२ का ३८ वर्षीय गोपाल पोखरेल, अर्घाखाँची मालारानी गाउँपालिका–४ का २२ वर्षीय दिलिप केसी र मोटरसाइकल चालक छत्रकोट गाउँपालिका–४ का १८ वर्षीय शालिकराम पन्थ रहेको प्रहरी सहायक निरीक्षक हरी किशन पुनले बताए ।
घाइते मध्ये गोपाल पोखरेलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई प्राथमिक उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार