ईलाका प्रशान कार्यालय सेमरीमा पनि नागरिकता प्राप्त गर्न सेवा ग्राहीको चाप बढदै । - Butwal Online

नवलपरासी, ११  वैशाख

नवलपरासीको ईलाका प्रशासन कार्यालय सेमरीमा नागरिकताको लागी चाप बढेको छ । नेपाल संविधानको धारा(११) को उपधारा(३)को ब्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकका सन्तानले आफ्नो बाबु र आमा नेपाली नागरिकता प्रमाणपत्र संलग्न गरि नेपाली नागरिकता प्राप्त गर्न सकिने ब्यवस्था गत २०७५ साल चैत १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ७७ वटै जिल्लामा लागु गर्न निर्देशन दिएको थियो।


सोही निर्देशनको आधारमा ईलाका प्रशासन कार्यालय सेमरीले पनि यही बैशाख ५ गते देखी नागरिकता नागरिकता बितरण प्रक्रिया अगाडी बढाएपछि हाल सम्म कुल ८० जना त्यमध्ये ५८ जना पुरुष र २२ जना महिलाहरुले नागरिकता प्राप्त गरिसकेका प्रशासन कार्यालयका शाखा अधिकृत मनोज कुमार सुबेदीले बताऊनु भयो।

जिल्लाको दक्षिणी भेगकका मानिसहरुको लागी सदरमुकाम परासी धाऊन समस्या भएको हुदाँ यसलाई सहज बनाऊन का लागी २०७३ साल अषाढ २७ गते ईलाका प्रशासन कार्यालयको स्थापना भएपछि साबिक १४ गाविसहरु हाल प्रतापपुर गाऊपालिका, सुस्ता गाऊपालिका र बर्दघाट नगरपालिकाको वडा नं १२ देखी १६ वडा सम्मका करिब १ लाख ५० हजार मानिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले तोकेको १४ वटा मापदण्ड पुरा गरिसकेपछी मात्र नागरिकता प्रदान गर्ने र यस कार्यालय बाट करिब २ हजार नागरिकहरुले नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार