एसीसी यू-१६ : नेपाल सेमिफाइनलमा प्रवेश - Butwal Online
एसीसी यू-१६ : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १२ वैशाख । एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत थाइल्याण्ड विरुद्धको खेल बर्षाका कारण रद्द भएपछि नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको समुह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । नेपालको इनिङमा आएश भट्टराईले ५८ रन जोडे ।

यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा आक्रामक रुपमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन जोडे । आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । ब्यक्तिगत तर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे ।

बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए । जवाफमा थाइल्याण्ड एक अाेभर ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुग्याे । त्यसपछि खेल संभव नहुदा म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरे । जसका कारण दुबै टिम एक एक अंक बाढे । याे खेलबाट एक अंक जाेडेकाे नेपालले तीन खेलमा ५ अंकका साथ समुह ए काे शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुग्न सफल भयाे । मलेसिया उपविजेताका रूपमा अन्तिम चारमा पुग्याे । नेपालले समुह चरणकाे पहिलाे खेलमा म्यानमारमाथि सात विकेट र मलेसियालाइ ३९ रनले हराएकाे थियाे ।

यो पनि पढ्नुहोस

एसीसी यू–१६ : अन्तिम खेलमा नेपाल आयोजक थाइल्याण्डसँग खेल्दै

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार