अवैध हातहतियार सहित बिदेशी नागरिक पक्राउ - Butwal Online
अवैध हातहतियार सहित बिदेशी नागरिक पक्राउ

काठमाडौं, १२ वैशाख ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो । पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार