श्रीमतीको स्मृतीमा नेपाल अपाङ्ग आश्रमलाई १ लाख १ हजार प्रदान - Butwal Online

बुटवल, १२ बैशाख । आफ्नी श्रीमतीको स्मृतीमा बुटवल–९ मनकामना पथका गौतम परिवारले स्व. आमा कृष्ण कुमारी गौतमको स्मृतीमा १ लाख १ हजार रुपैयाँ नेपाल अपाङ्ग आश्रमलाई प्रदान गरेका छन् । आश्रममा खानेपानीको अभाव भएकोमा टैंकी निर्माणको लागि श्रीमती स्व. कृष्ण कुमारी गौतमको २६ औं स्मृतीको अवसरमा आश्रममा कार्यक्रम गरि उक्त रकम प्रदान गरेका हुन ।

विहिबार नेपाल आपङ्ग आश्रम बुटवल–११ देवीनगरका अध्यक्ष डोल बहादुर रामदामलाई स्व. कृष्ण कुमारीका श्रीमान्  खड्क बहादुर गौतम, छोरा कृष्ण विक्रम गौतम, आमा हुमकला गौतम, बुहारी रचना गौतम, नाती संभत गौतम र ईस्वी गोतमले संयुक्त रुपमा उक्त चेक प्रदान गरेका हुन ।  साथै गौतम परिवारले एक दिनको खाना समेत आश्रममा आश्रीत ३२ जना विभिन्न अपाङ्गता भएका व्याक्तिहरुलाई प्रदान गरेका थिए ।

विकाश पराजुली

पत्रकार विकाश पराजुली बुटवल अनलाइनका सह - सम्पादक हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार