प्रदेश ५ सरकारले विपद्‌मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई १ लाख राहत दिने - Butwal Online

बुटवल, १२ बैशाख । विभिन्न विपद्मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश नं. ५ सरकारले १÷१ लाख राहत रुपैया दिने भएको छ । प्रदेश नं. ५ सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म भएका विभिन्न घटना बाट ज्यान गुमाएका परिबालाई १÷१ लाख रुपैया राहत दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्रीे प्रदेशका ११ जिल्लामा ५१ जनाको बाढी पहिरो, आगलागी, चट्याङमा परी मृत्यु भएको भन्दै १–१ लाख रुपैयाँका दरले ५१ लाख रूपैयाँ दिने निर्णय गरेको बताए । वैजनाथ चौधरीले आगलागीमा परी, खोलाले बगाएर, चट्याङ लागेर, पहिरोमा पुरिएर दाङमा १ जना बर्दियामा ५ जना, बाँकेमा ८ जना, गुल्मीमा ४ जना, पश्चिम नवलपरासीमा ११ जना, पाल्पामा ८ जना, प्यूठानमा ५ जना, रोल्पामा ७ जना र रुकुम पूर्वमा २ जनाको मृत्यु भएको बताए । त्यस्तै प्रदेश सरकारले दाङमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय गरेको छ ।

दाङको राप्ती गाउँपालिका–७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने रंगशाला बनाउने निर्णय गरेको उनले बताए । रंगशाला १ सय ७२ विगाहा १९ कठ्ठा, एक धुर जग्गामा बन्नेछ । त्यस्तै बैठकले दाङकै घोराही उपमहानगरपालिका–१६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका–१३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालाको रूपमा स्तरोन्नति गरिने छ । त्यस्तै विहिबारै बसेको बैठकले प्रदेश सरकारले यस वर्षदेखि ६ वटा आफ्नै बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर ईदमा, माघे संक्रान्तिमा २ दिन बिदा दिइने छ । स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहबाट १ दिन र स्थानीय समुदायमा आधारितजस्तै थारु समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पूजा, मुस्लिम समुदायको रामजामजस्ता पर्व, जितगढी विजयी उत्सव, भगवती जात्रा स्थानीय तहले विदा दिन सक्नेछन् ।

लुम्बिनी भ्रमण वर्षको कार्यक्रममा संशोधन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा १५ सदस्यीय मूल समितिलाई हेरफेर गरी २० सदस्यीय बनाउने भएको छ । समितिमा एकतिहाइ महिला पर्ने गरी विविध क्षेत्रमा ५ जनालाई थप गरी २० सदस्यीय समिति बनाउने चौधरीले बताए ।

विकाश पराजुली

पत्रकार विकाश पराजुली बुटवल अनलाइनका सह - सम्पादक हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार