हात्तिपाइले मुक्त गर्नुस् १० लाख दिन्छुः श्रीवास्तव - Butwal Online
हात्तिपाइले मुक्त गर्नुस् १० लाख दिन्छुः श्रीवास्तव

नेपालगन्ज, १२ बैशाख । हात्तिपाइले रोग मुक्त वडा घोषणा हुने बाँकेका वडाहरुलाई १० लाखपुरस्कार स्वरुप प्रदान गरिने भएको छ । हात्तिपाइले रोग निवारण गर्ने सरकारीलक्ष्यलाई पूरा गर्न प्रभावकारी काम गर्ने वडाहरुलाई जिल्ला समन्वयसमितिले पुरस्कार दिने घोषणा गरेको हो ।

स्वास्थ्य कार्यालय बाँके रनेपालगन्ज उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेकोहात्तिपाइले रोग निवारणको लागि आम औषधि खुवाउने अभियानको समिक्षाकार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले हात्तीपाइले रोग मुक्त बनाउने वडालाई १० लाख प्रदान गरिने घोषणा गर्नुभयो । सरकारले सन २०२० मा नेपालबाट हात्तिपाइले उन्मूलन गर्नेलक्ष्य लिएको छ । तर बाँकेमा अझैपनि ६० प्रतिशतले औषधि खान इन्कारगरेको तथ्याङ्क छ । पहिलो चरणको अभियानमा औषधि खाएका कारणकेहीको मृत्यु र केही गम्भीर विरामी परेका कारण त्रसित भएर बाँकेमाहात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीहरुलाई सकसपरिरहेको छ ।

सर्वसाधरणको गलत बुझाई चिर्दै औषधि खुवाउने दरबढाएर हात्तिपाइले रोग मुक्त वडा घोषणा गर्नेलाई समन्वय समितिले १०लाख दिने भएको हो । बाँकेमा ९ प्रतिशतमा अझैपनि हात्तिपाइलेकोसङ्क्रमण देखिएको छ । स्वास्थ कार्यालय बाँकेले गरेको सर्वेक्षणलेनेपालगन्जमा ३ सयमा २४ जनामा, कोहलपुरमा ३२४ जनामा ७२ रबैजापुरमा ३१७ जनामा १७ जनामा हात्तिपाइले रोग भएको भेटिएकोदेखाउछ ।

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार