स्वदेशमै लगाएको लगानीबाट चमत्कारै चमत्कार - Butwal Online
स्वदेशमै लगाएको लगानीबाट चमत्कारै चमत्कार

बुटवल, १२ बैशाख 

पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी हुने गरेको भएपनि सानो लगानीका समुहगत लगानी समेत रुपन्देहीमा हुन थालेको छ ।

रूपन्देहीका ८ जना किसानहरूले ५० हजार रूपैयाँको लगानी बाट सामुहिक च्याउ फर्ममा लागेका छन् । एक बर्ष अघि सबल च्याउ कृषि उद्यमी समुह निर्माण गरी सुरु गरेको च्याउ फर्मको अहिले ५० लाख बराबरको सम्पत्ति भएको छ ।

कृष्णराज पोखेल, रिषव पोखरेल, विष्णु न्यौपाने, जीवलाल न्यौपाने, सोभा पोखरेल, पदमराज न्यौपाने, राजकुमार चौधरी र रेनुखर खनालले उक्त फर्ममा सामुहिक लगानी गरेका हुन । हाल रूपन्देही जिल्लाको २ स्थान र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका घुम्ती गरी ३ स्थानमा उक्त समुहको च्याउ फर्म सञ्चालनमा रहेको छ ।

 

३ स्थानमा ६९ वटा टनेलमा २५ हजार ५ सय वटा च्याउको बल्व निर्माण गरी व्यवसायीक उत्पादनमा भैरहेको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर–२ घुम्ती बुटवल–१३ बेलबास र देवदह गरपालिका वडा नम्बर १० भलुहीमा समुहले च्याउ खेती गर्दै आएको छ । भविश्यमा डल्ले च्याउ उत्पादन गर्ने योजना समेत फार्मले बनाएको छ ।

फार्म बाट अहिले दैनिक १७ सय किलो च्याउ उत्पादन भई विक्रि वितरण हुदै आएको बताइएको छ । समुहले २ सय रूपैयाँ प्रतिकिलो च्याउ विक्रि गर्दै आएका छन् । स्वदेशमै कृषि बाट समृद्धिको सपना देखेका यी कृषी उद्यमीलाई सरकारले प्रोत्साहन गर्न सके कृषि बाटै समृद्धि हुन धेरै समय नलाग्ला कि ?

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार