रिना बस्नेत हत्याकाण्ड : पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आयो, अनुसन्धान तीव्र - Butwal Online

विराटनगर, १२ वैशाख । पथरीशनिश्चरे-१ त्रिवेणी चोकमा डेरा गरी बस्ने रिना बस्नेतको हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ । तर मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।

उनले रिनासँग चिनजान, भेटघाट र घुमफिर भएको स्वीकार गरेपनि आफूले उनको हत्या नगरेको दाबी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए। नेपालको बयान चित्त बुझ्दो नभएका कारण उनलाई प्रहरीले नियन्त्रणमै राखेको श्रेष्ठले बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भीक रिर्पाेट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । ‘प्रारम्भिक पोष्टमार्टम रिपोर्टले टाउको र छातीभित्र चोट लागेको देखिन्छ’ उनले भने । स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकमा फालेको  हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भीक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन ।

वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन्। टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार