बुटवलको चौराह देखि गोलपार्क सम्मको सडक सिमा क्षेत्रका घरहरु भत्काउने कार्य रोक्न पुनः प्रयास - Butwal Online

बुटवल,१२ वैशाख 
बुटवल–बेलहीया व्यापारीक मार्ग सडक बितार आयोजना अन्तर्गत बुटवलको चौराह देखि गोलपार्क सम्मको सडक बिस्तार कार्य फेरी लम्व्याउने प्रयास भएको छ ।


कहिले शक्ति केन्द्रको आडमा त कहिले अदालतमा मुद्धा हालेर सडक बिस्तार कार्यमा अबरोध गर्दै आएका सडक सिमा मिचेर घर बनाएका घर धनीहरुले पुन अदालतमा मुद्धा दायर गरेर सडक बिस्तार कार्य फेरी लम्व्याउने प्रयास गरेका हुन् ।

सो सडक खण्डमा पर्ने घरधनीहरुको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नं ४ बस्ने नारायणि देबी प्रधान समेतका घरधनीहरुले उच्च अदालत तुल्सीपूर,बुटवल इजलासमा बुधबार दायर गरेको घर भत्काउने कार्य रोक्न निषेधाज्ञाको आदेशको माग गर्दै बुधबार रिट दायर गरेका हुन् ।
रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर,बुटवल इजलासले बिपक्षी सडक बिस्तार आयोजना र बुटवल उपमहानगरपालिका समेतलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न र छलफलकालागि शुक्रबार अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ ।
उच्च अदालत तुल्सीपूर,बुटवल इजलासका न्यायाधीस मोहन बहादुर कार्कीको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।

सडक बिस्तार कार्य रोकिने या नरोकिने भन्ने बिषयमा शुक्रबारको छलफलपछि अदालतले दिने आदेशमा निर्भर रहने छ ।
यस अघि दायर रिटमा उच्च अदालत तुल्सीपूर,बुटवल इजलासले जग्गाको स्वामित्व प्राप्ति गर्ने प्रक्रिया पुरा गरेर मात्रै सडक सिमा क्षेत्रमा पर्ने घर टहराहरु भत्काउन आदेश दिएपछि घर भत्काउने कार्य रोकिएको थियो ।
अदालतको सो आदेशपछि सडक बिस्तार आयोजनाले सूचना प्रकासीत गरी घरधनीहरुलाई आफ्नो घर सडक सिमा भित्र नपर्ने भए मुआब्जाका लागि आवस्यक प्रमाण आयोजनाको कार्यालयमा पेश गर्न सूचना जारी गरेको थियो ।

निर्धारीत समय भित्र घर धनीहरुले आवस्यक प्रमाण पेश गर्न नसकेको भन्दै यही वैशाख ८ गते सात दिन भित्र सडक सिमा क्षेत्रमा पर्ने घरहरु आफै भत्काउन र नभत्काए आयोजनालेनै डोजर लगाएर भत्काईदिने तथा भत्काउदा लागेको खर्च समेत घर धनीहरुबाटै अशुल उपर गरीने सूचना प्रकासीत गरेपछि घर धनीहरु पुन अदालत गएका हुन् ।

त्यस अघि योगीकुटीदेखि राजमार्ग चौराह खण्डमा पर्ने घर धनीहरुले दायर गरेको रिट भने उच्च अदालत तुल्सीपूर बुटवल इजलासले खारेज गरिदिएको थियो ।
उक्त मुद्धा अदालतले खारेज गरीदिएकोले चौराह–गोलपार्क सडक खण्डका घरधनीहरुको मुद्धामा पनि घर अदालतबाट सोही किसिमको फैसला आउन सक्ने अनुमान गरिए पनि एउटै प्रकृतिको मुद्धामा फरक किसिमको आदेश आएपछि सामाजिक सञ्जाल लगायतमा आश्चर्य जनाइएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार