पाल्पामा भुकम्पको पुननिर्माण सुस्त, पिडित मर्के मर्कामा - Butwal Online

१२ बैशाख, पाल्पा 
नेपालमा पछिल्लो विनाशकारी भुकम्प गएको चार वर्ष पुरा भएको छ २०७२ साल बैशाख १२ गतेको महाभुकम्पको चपेटामा पाल्पामा पनि प्यो तर जिल्लाको निजि आवस पुननिर्माणले भने अझै गति लिन सकेको छैन ।


पाल्पाका भुकम्प पिडितले विनाशनकारी भुकम्पको चार वर्ष न हिउँद न वर्ष भनि कटाई सकेका छन । भुकम्पले घरबार विहिन बनेका केही पिडितले जसोतसो घर निर्माण गरेका छन तर उनिहरुले भने अहिले सम्म पहिलो किस्ता बाहेक अन्य कुनै पनि किस्ता इन्जिनियरकै वेवास्ताले नपाएको पिडितको गुनासो गरेको छ ।

२०७२ वैशाख १२ र २९ को भुकम्पले जिल्लाको १० वटै स्थानिय तहका साविककोकोल्डाँडा,चिदिपानि,सहलकोट,बराङ्गदी,तानसेन,रैनादेवि,रिब्दीकोटमा भुकम्पले बढि क्षति पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले १ इन्जिनियर, १ ओभरसियर र २ जना सवओवरसियर खटाएको भए पनि ऋणधन गरेर त्रिपालबाट उन्मुत्ति पाएका पाल्पाको वगनासकालि गाउँपालिकाका भुकम्प पिडित इन्जिनियरले फाईल अघि नसारी दिदा अहिले सम्म पनि दोस्रो किस्ता वापतको रकम पाउनबाट बञ्चित रहेको भुकम्प पिडित विष्णु घिमिरेले बताउनुभयो ।

भुकम्प पिडित पटक पटक इन्जिनियरसँग धाउदा समेत इन्जिनियले कहिले सदरमुकाम तानसेन,कहिले पिडितै घर त कहिले गाउँपालिकामा आउनुस भन्ने तर नभेटिने गरेको पिडितको भनाई छ । स्थानिय सरकार बगनासकालि गाउँपालिकाले भुकम्प पिडितको निजिआवास पुननिर्माणमा ढिलासुस्ती गरेका कारण आफुहरु समस्यमा परेको पिडितको गुनासो छ ।


राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्लाको १० हजार भन्दा बढी घरको तथ्याङ्क संकलन गरी ४ हजार ६ सय ५२ घर पुननिर्माणका लागि छनौट गरेको छ । बगनासकालि गाउँपालिकामा कुल ५७१ जना भुकम्प प्रभावित छन जस मध्ये ५०५ जनाले पहिलो किस्ता भएका छन भने दोस्रो २२६ र तेस्रो १३५ जनाले पाएको सव इन्जिनियर बैद्यनाथ यादवले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका कुल भुकम्प प्रभावित मध्ये ३० प्रतिशतले पनि किस्ता रकम पाउन नसकेको गाउँपालिका स्वयम स्वीकार गर्दछ । किस्ता भुत्तानिको सन्दर्भमा इन्जिनियरको चरम लापरबहीकौ कारण पुननिर्माणले गति नलिएको भन्दै अब कामै नगर्ने इन्जिनियरलाई सरुवा गरेर भए पनि यसै आर्थिक वर्ष भित्र भुकम्प पिडितको समस्य समधान गर्ने योजनमा रहेको बगनासकालि गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।
भुकम्प गएको चार वर्ष वितिसक्दा पनि पुर्ननिर्माणले गति नलिनु , इन्जिनयरकै कारण पिडित मर्कामा पर्नुेलाई स्थानियर सरकारले गम्भीरतापुर्वक लिई समस्या समधान तर्फ उन्मुख हुन आवश्यक छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार