कपिलवस्तुमा बस दुर्घटना : १४ जना घाइते - Butwal Online
कपिलवस्तुमा बस दुर्घटना : १४ जना घाइते

कपिलवस्तु – काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ ।



दुर्घटर्नामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार