गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल थप गरीएको समयमा नसकिने - Butwal Online
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल थप गरीएको समयमा नसकिने
  • नदिजन्य पदार्थको आपूर्तीमा स्थानीय तहको अबरोध मुख्य कारण
  • बुटवल,१४ वैशाख 
    गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आयोजना थप गरीएको समयमा पनि नसकिने भएको छ । प्रधानमन्त्री,पुर्व प्रधानमन्त्री,मन्त्रीहरु र पुर्व मन्त्रीहरुले पटक÷पटक आयोजनाको स्थलगत अवलोकन गरी निर्धारीत समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि पछिल्लो पटक थप गरीएको समयमा पनि बिमानस्थल निर्माणको काम नसकिने भएको हो ।


    आगामि असार १३ गते सम्ममा सम्पन्न गरीसक्नु पर्ने भए पनि सो समायावधीमा निर्माण कार्य नसकिने आयोजनाले जनाएको छ ।
    निर्माण सम्पन्न हुने समय दुई महिना मात्रै बाँकी रहदा आयोजनाको ७० प्रतिसत मात्रै भौतिक प्रगति भएको छ ।
    गौतबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आयोनाका प्रमुख प्रवेश अधिकारीले हाल सम्म आयोजनाको ७० प्रतिसत भौतिक प्रगति भएको बुटवल अनलाइनलाई बताए ।


    उनले निर्धारीत समय भित्र अन्य काम सकिए पनि फिनिसिङ्ग,गार्डेन लगायतका कामहरु बाँकी रहने जानकारी दिए ।
    सरकारले सन् २०२० लाई लुम्बिनी भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेकोले २०१९ को अन्त सम्ममा बिमानस्थल निर्माणको काम सम्पन्न गर्नेगरी पुरै टिम लागि परेको समेत आयोजना प्रमुख ले बताए ।
    बिमानथल समयमा काम सम्पन्न नहुनुमा नदिजन्य पदार्थको आपूर्तीमा भएको अवरोध मुख्य कारण रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आयोजनाका प्रमुख अधिकारीले बताए ।

    निर्धारीत समयमा काम सम्पन्न हुन नसकिने भए पछि पुनः म्याद थप गर्ने तयारी भैरहेको छ ।
    स्थानीय तहहरुले एउटा दर रेटमा दिन्छु भनि सम्झौता गरेको नदिजन्य पदार्थ रकम थप गरेर मात्रै लैजान दिन्छु भनि निकासी गर्न नदिएका कारण समस्या उत्पन्न भएको उनको तर्क थियो ।
    सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि म्याद थपिदै आएको थियो ।

    हाल कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण सम्पन्न भइ सकेको छ ।
    आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ रहेकोमा ९.६२ प्रतिसत थप गरीएको छ ।

    बुटवल अनलाइन

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार