बुटवलमा सुरु भयो सडक सभ्यता अभिवृद्धिमूलक ट्राफिक सप्ताह  - Butwal Online

बुटवल १४ बैशाख 

प्रदेशका ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारले केही दिनमा यातायात ऐन ल्याउने बताएका छन् ।

उनले सवारी सधानको व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात ऐन ल्उानका लागि संसदमा बिधेयक पेश गरिने बताए । प्रदेश पांचको ट्राफिक प्रहरीले शनिवारदेखि शुरु भएको सडक सभ्यता अभिवृद्धिमूलक साताव्यापी कार्यक्रममा बोल्दै मन्त्री केसीले दुर्घटना न्यूनीकरणका लागि सबैको सहभागि र सक्रियता आवश्यक पर्ने बताए ।

मन्त्री केसीले दुर्घटना न्यूनिकरणका लागि सरकारले प्रयाप्त वजेटको व्यवस्था गर्न लागेको बताउदै ट्राफिकको पुरानो कार्य शैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । दुर्घटनापछि कसको गल्ती छ भन्ने कुरा पत्ता लगाउनका लागि प्रदेश सरकारले बर्दघाटदेखि बर्दियासम्मको सडकमा सिसिटिभी जडान गरी निगरानीका लागि तयारी गरिएको मन्त्री केसीले जानकारी गराए ।

उनले प्रदेश पांचमा संचालित सवारी साधनमा चढदा सुरक्षित रुपमा गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई स्थापित गराउने गरी प्रदेश सरकारले काम गर्ने प्रतिवद्वता जनाए । प्रदेश पांचका प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक (डिआईजी) पिताम्बर अधिकारीले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले ठाउं ठाउंमा सुधार अभियान सञ्चालन गर्न लागेको बताए । मानिसको व्यबहार सुधारलाई अपनाईएको ठाउंका ठाउं सुधार अभियान अन्तरगत ट्राफिक नियम विपरितका गतिबिधि गर्नेलाई तत्कालै समाती ट्राफिक नियमबारे जानकारी गराईने बताए ।

सडकलाई केन्द्रित गरेर सञ्चालन गरिएको अभियानले मानिसको सडक प्रयोग गर्ने आनीबानीलाई सुधार ल्याउने प्रहरी नायव महानिरिक्षक अधिकारीको भनाइ छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेशचन्द ,प्रहरी निरिक्षक गंगा सारु लगायतले सप्ताहव्यापी कार्यक्रमबारे आआफ्नो धारण राखेका थिए ।

प्रभातफेरीमा सरोकारवाला, बुटवलमा क्रियाशिल विभन्नि संघसस्था, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो । सप्ताहमा रुपन्देही सहित प्रदेश अन्र्तगतका सबै जिल्लामा दुर्घटना न्यूनिकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने छ । सवारी दुर्घटनाबाट हुने मृत्यु घटाउने योजनासहित प्रदेश पांचको ट्राफिक प्रहरीले सडक सभ्यता अभिवृद्धि मूलक साताव्यापी कार्यक्रम शुरु गरेको हो ।

प्रदेश नम्बर पांचका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नेगरी बुटवलमा सडक सभ्यता अभिवृद्धिमूलक प्रभातफेरीसहित विशेष समारोह गरिएको हो । प्रदेशमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको मृत्यु हुने गरेको ट्राफिकको तथ्याकंकले देखाएको छ । यो संख्यालाई घटाएर ३० मा झार्ने, त्यसैगरी हाल ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेकोमा सो संख्यालाई ५० मा झार्ने, सवारी दुर्घटनाकै कारण प्रतिमहिना ७०२ जना घाईते हुने गरेकोसमेत प्रहरीको तथ्यांकले देखाएको छ । यो संख्यालाई ५ सयमा घटाउने ट्राफिक प्रहरीको योजना छ ।

तस्विर / विकाश पराजुली 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार