झझल्काहरुको बुटवलमा चर्चा - Butwal Online
झझल्काहरुको बुटवलमा चर्चा

बुटवल, बैशाख १४ । लामो समय लुम्बिनी क्षेत्रलाई कार्यक्षेत्र बनाएर पञ्चायतकालिन समयमापत्रकारिता गरेका लेखकडिल्लि प्रसाद आचार्यको स्मृति संग्रह झझल्काहरुको शनिबार बुटवलमाचर्चा गरिएको छ । नेपालपत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको पुस्तकचर्चा कार्यक्रममा आचार्यको पुस्तकले बुटवल भैरहवाको पञ्चायत कालिन पत्रकारिताको अवस्था, यहाँका भूगोल र समग्रमा देश बुझ्न सकिने बताए ।

कार्यक्रममा संविधानसभाका सदस्य विनोद पहाडीले आचार्यले सधै आफूहलाई हौसला दिदै खोज पत्रकारितामा प्रोत्साहन गरेको स्मरण गरे । उनले समाजलाई परिवर्तन गर्ने, जनताका बिषयमा कलमचलाउन प्रोत्साहन गर्ने व्यक्तिको संस्मरण समेटिएको पुस्तक सबैले पढ्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्णचापागाईले आचार्यले यायावर पत्रकार भएको उल्लेख गर्दै ८४ बर्षको उमेरमा कृत्रि प्रकाशन गरेर थपनमूनाकाम गरेको बताए ।

अर्का पूर्व अध्यक्ष मोहन चापागाईले झझल्काहरु पुस्तक समाजको मार्ग दर्शन बन्ने बताउँदै यसको अध्ययनगर्न सबैमा आग्रह गरे । उनले देवदहको विकास र खोज पत्रकारितालाई अघिबढाउने पहिलो पुस्ताका रुपमा आचार्यलाई चिनाउनुपर्ने बताए । कार्यक्रममा पुस्तकमाथिचर्चा गर्दै साहित्यकार दलबहादुर गुरुङ्गले यो ज्यूदो इतिहासको प्रमाणभएको बताए । उनले पुस्तकले बुटवल भैरहवाका पत्रकारिता क्षेत्रको अवस्था, देशको चित्रण र जीवनमार्फत ज्ञानदिने काम गरेको बताए । पञ्चायतकालमै खोज पत्रकारिता गरेर समाज रुपान्तरणगर्ने अभियानमा सामेल भएको व्यक्तिलाई साक्षात भेट पाउदानिकै गर्व लागेको उनले सुनाए ।

बुलबुल पब्लिकेशनले बजारमा ल्याएको यो पुस्तक ३९ औं संस्कर रहेको प्रकाशकएव सञ्चारकर्मी अच्यूत घिमिरेले बताए । उनले आफ्नो पब्लिकेशन मार्फत अधिकांश उपन्यासहरु प्रकाशन भइरहेको तर यो पुस्तक ज्ञानको भण्डारको रुपमा प्रकाशन गरिएको बताए । लेखक आचार्यका छोरा डा. दिनेश आचार्यले वुवा सँग अथाहा ज्ञान रहेको भन्दै यो वुवाले गरेको कामको सानो अंशमात्रै रहेको बताए । उनले देवदह अध्ययन प्रतिष्ठान मार्फत अध्ययनका क्षेत्रमा काम गरेका व्यक्तिलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरि अक्षयकोष स्थापना गरेको जानकारी दिए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षतामा भएको कार्यक्रममा सम्पादक भुवनहरि सिग्देल, महासंघका सहसचिव विनोद परियारले बोलेकाथिए । पुस्तकको लेखकआचार्यको ८४ पूजाकादिन बैशाख ६ गते काण्ठमाडौंमा विमोचनगरिएको थियो । शनिबार मात्रै बुटवल सहित देवदह र भैरहवामापनि पुस्तकचर्चा भएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार