मलाई टुहुरो बनाईन मेरि आमाले दु:ख लागेछ - Butwal Online
मलाई टुहुरो बनाईन मेरि आमाले दु:ख लागेछ

बाग्लुङको बुर्तिवाङ १ मा जन्मीएका ऋषि सापकोटा सानैदेखि साहित्यमा रुचि राख्छन् । उनले हालसम्म ६ सयको हाराहारीमा मुक्तक लेखेका छन् ब्ुटवल बहुमुखि क्याम्पसमा ब्याचलर अध्ययनरत सापकोटाले बुटलल अनलाइनका लागी लेख्नुभएका ५ मुक्तकहरु

 

मुक्तक १
मेरो प्रगतिमा कोहि भयभीत भएका छन।।
मरिसकेका पनि आज जिवित भएका छ्न।।
हिजो मलाई छातिमा छुरा रोप्न खोज्नेहरुले,
आज हातमा फुल लिएर उपस्थित भएका छन।।

मुक्तक २
आँखामा आसुलाई यति सम्म हैरानी भयो।।
अन्त्यमा परेली बाट निस्केर जानी भयो।।
आँखामा रहुन्जेल आँखैलाई बचाएको थियो,
जब आँखा बाट निस्कियो बैमानी भयो।।

मुक्तक ३
मलाई टुहुरो बनाईन मेरि आमाले दु:ख लागेछ।।
घरमा कान्छी आमा भित्राए बाु ले दु:ख लागेछ।।
तिमी बिच बाटोमा भेटियौ बरु बिचमै हरायौ खुसी छु,
तर मलाई साथ नदिदा रगतको नाताले दु:ख लागेछ।।

मुक्तक ४
सिन्दुर लगाउने सिर सुम्पिदिनु।।
तिम्ले भोग्नै पर्ने टक्दिर सुम्पिदिनु।।
तिम्रो माया र आत्मा मेरै हुनेछ प्रिय् ,
अब बैशाखमा मात्र शरीर सुम्पिदिनु ।।

मुक्तक ५
अरे अंगालोमा ढोपेको पत्तै भएन।।
छुरा कति बेला छोपेको पत्तै भएन।।
यति मिल्ने प्रेमिकाको साथ छ म सगँ ,
मेरो छातिमा छुरा रोपेको पत्तै भएन।।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार