विप्लव समुहका क्षेत्रीय इञ्चार्ज पक्राउ - Butwal Online
विप्लव समुहका क्षेत्रीय इञ्चार्ज पक्राउ

१६ वैशाख, बर्दिया । जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनलाई चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार