कपिलवस्तुमा २१ वर्षीया युवतीको विभत्स हत्या, श्रीमान् सहित ३ जना पक्राउ - Butwal Online

तौलिहवा, १६ वैशाख । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।



हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । प्रक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको छ । जिल्लामा हत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । केहि दिन अघि भएको अनिता पौडेलको हत्या घट्ना सेलाउन नपाउदै फेरि वाणगंगा नगरपालिकामा नै एक किशोरिको हत्या भएको छ । वाणगंगा नगर भित्र नै एक पछि अर्को गरि छोटो समयमा २ किशोरीको हत्या भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार