अनुहार छोप्ने पहिरन लगाउन नपाइने - Butwal Online
अनुहार छोप्ने पहिरन लगाउन नपाइने

एजेन्सी । आजबाट श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन नपाउने भएको छ । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमबारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको हो ।

भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमबारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको हो । अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि यो आकस्मिक उपयाहरूमध्ये एक उपया अपनाइएको बताउनु भएको छ।

अनुहार छोप्ने पहिरन प्रतिबन्धामा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ। मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन गरिएकाे छैन । अन्य मुस्लिम देशहरूमा भन्दा श्रीलङ्काका मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन कम नै लगाउने गर्छन् । तर पछिल्ला वर्षहरूमा भने श्रीलङ्कामा पनि अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ।

शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो। एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो। अघिल्लाे साताकाे आइतबार श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा शृङ्खलाबद्ध बम बिस्फोटमा कारिब दुई सय ५३ जनाकाे मृत्यु भएकाे श्रीलङ्काका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । श्रीलङ्काका विदेश मन्त्रालयले मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार