देशैभर अत्यधिक गर्मी बढ्यो, जनजीवन अस्तव्यस्त - Butwal Online
देशैभर अत्यधिक गर्मी बढ्यो, जनजीवन अस्तव्यस्त

काठमाण्डौ,१७ वैशाख ।
केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले दिपायल, नेपालगन्ज, घनगढी आसपासका क्षेत्रको तापक्रम थोरै घट्ने महाशाखाको अनुमान छ ।
मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
अरु ठाउँको मौसम भने सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढेको हो । गर्मी अझै बढ्ने क्रममा रहेकाले सर्वसाधारण छटपटिएका छन् । लु लागेर ज्यानै जान सक्ने सम्भावना पनि रहने हुँदा अत्यधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरूले सुझएका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार