आइएमई लाइफइन्स्योरेन्स र सनराइज बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता - Butwal Online

बैशाख १७ गते, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र सनराइजबैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री रत्न राजबज्राचार्यले हस्ताक्षर गरेका छन् ।



सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सकिनेछ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवनलगायतकाबीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगक ा व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार