हराउर्दै गएको हाइकू पाल्पामा प्रदर्शन - Butwal Online
हराउर्दै गएको हाइकू पाल्पामा प्रदर्शन

बैशाख १७ पाल्पा 

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नं. ७ दैलातुङ्गमा जन्मिएर हाल तिलोत्तमा नगरपालिका रुपन्देहिमा बस्दै आउनुभएका साहित्यकार खगेन्द्र बस्यालका हाइकू आफ्नो जन्मस्थानस्थित श्री दैलातुङ्ग आधारभूत विद्यालयमा आज प्रदर्शन गरिएका छन् ।



 


सात पाँच सात अक्षरका तीन हरफ संरचनामा संगठित हाइकूले संकेत गरेको सम्भावित दृश्य अनुभव र बिम्बको आधार बोकेका करीव पाँच दर्जन हाइकूहरू विद्यालयका विद्यार्थीहरू, शिक्षक र अभिभावकहरूले वाचन एवम् प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक केशवराज खरालको अध्यक्षता र शिक्षक जगत प्रसाद खनालको सञ्चालनमा चलेको कार्यक्रमको उद्घाटन गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष यज्ञमूर्ति खरालले साहित्यकार बस्यालले आफ्ना विचारहरू साहित्यका मार्फत अभिब्यक्त गरेर समाजलाई महत्वपूर्ण सन्देश दिएको बताए ।

कार्यक्रममा बोल्दै साहित्यकार खगेन्द्र बस्याल, गजलकार गाउँले सुभाष र पदम बस्यालले यस प्रदर्शनले स्थानीय क्षेत्रको विकास र विद्यार्थी तथा स्थानीय बासिन्दा सिर्जनात्मक बन्न सहयोग पुग्ने बताए ।
यस अघि नवलपरासीको जगेडामा पनि यस्तै प्रकारको कार्यक्रम भएको साहित्यकार बस्यालले बताए । पछिल्लो समयमा हाइकू रचनाबाट प्रख्याति प्राप्त खगेन्द्र बस्यालले देशका विभिन्न स्थानमा हाइकू बाचन तथा प्रदर्शन गर्ने योजना रहेको बताए ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार