निमित्तको भरमा होइन पूर्ण अधिकार सहितको नेतृत्व दिइनुपर्छ - Butwal Online

बुटवल,१८ वैशाख 
बुटवल स्थित वाल तथा महिला अस्पत्ताल (आम्दा) मा कार्यकारी अधिकार सहितको नेतृत्व आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् ।


निमित्तको भरमा नभएर आम्दालाई कार्यकारी अधिकार सहीतको प्रमुख कार्यकारी अधिकृत आवस्यक रहेको उनिहरुको सुझाव छ ।
यही बैशाख १ गतेदेखि निमित्तको भरमा चल्दै आएको भन्दै उनिहरुले आम्दामा छिटो भन्दा छिटो पुर्ण अधिकार सहितको नेतृत्व आवस्यक रहेकोमा जोड दिए ।

आज बुटवल अनलाइनकर्मीसँगको भेटघाटका क्रममा अस्पत्तालमा क्रियाशील नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन तथा स्वतन्त्र कर्मचारी युनियनका पदाधिकारीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
यस क्षेत्रका जनता तथा कर्मचारीहरुको माग भनेको आम्दाबाट प्राप्त हुने सेवा सुविधा बृद्धि गर्ने र राजधानी पछिकै उत्कृष्ठ र नमुना अस्पत्तालको रुपमा स्थापीत गर्ने रहेको भन्दै उनिहरुले त्यसकालागि निमित्तको भरमा पुर्ण अधिकार सहितको नेतृत्व आवस्यक रहेको बताए ।
मेडिकल कलेजसम्मको अवधारणा अगाडी सारेर स्थापना भएको अस्पत्ताल २० बर्ष सम्म आइपुग्दासम्म कुनै प्रगति हुन नसकेको गुनासो गर्दै उनिहरुले तत्काल पुर्ण अधिकार सहितको नेतृत्व दिनुपर्ने आवस्यकता औल्याए ।

आम्दाका निर्देशक केशवराज शर्माले निमित्त भएर पनि अस्पत्तालको सेवा प्रवाहमा सुधार र समस्या समाधानकालागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसकालागि सामूहीक प्रयास आवस्यक रहेको बताए ।
सामूहीक प्रयास भए धेरैजसो समस्या समाधान गर्न सकिने बताउदै उनले त्यसकालागि अब आफुले सरोकारवालहरुसँग छलफल गरेर अगाडी बढ्ने जानकारी दिए ।
यस अघि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत डा.बिनोद पराजुलीले नेतृत्वबाट राजीनामा दिएपछि आम्दा अस्पत्ताल यही बैशाख १ गतेदेखि सोही अस्पत्तालका उप निर्देशक डा.कृष्ण शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार