तिलोत्तमा व्यापार संघले बनाउन लागेको भवन स्थानियले रोके, नगरप्रमुख बाटो बाटै फकिए - Butwal Online

बुटवल, १८ बैशाख 

तिलोत्तमा व्यापार संघले शिलन्यास गर्न लागेको सचिबालय भवन स्थानियले रोकेका छन् । तिलोत्तमा व्यापार संघले वडा नं. ५ मा शिल्यानास गर्न लागेको सचिबालय भवन स्थानियले विरोध गर्दै रोकेका हुन ।




संघले शिलन्यासका लागि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर कार्यक्रम स्थलमा पुग्दा स्थानियको विवाद भएपछि नगरप्रमुख घिमिरे मञ्चमै नपुगी बाटो बाटै फकिएका थिए ।

स्थानियहरुले सार्वजनिक जग्गा संघ संस्थाहरुलाई हड्पन नदिने भन्दै विरोध जनाएका हुन । उनीहरुले संस्थालाई भवनका लागी जग्गा दिदा टोल कमिटि संग छलफल नगरेको आरोप लगाएका छन् ।

स्थानिय काशिनाथ पाण्डेले वडा नं. ५ मा गार्डेन सहितको बृद्धाआश्रम बनाउने भनिएको भएपनि अहिले संघ संस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए । वडा नंं ५ मा धेरै सार्वजनिक जग्गा नभएकाले सरकारी प्रयोजनका लागि भने आफुहरुले जग्गामा विरोध नगर्ने उनले बताए ।


३ बर्ष अघि जनप्रतिनिधी नआउँदा नै सर्वदलिय बैठकले संघलाई वडा नंं ५ मा १५ कठ्ठा जग्गा दिएकाले भवन शिलन्यास गर्न पुगेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी कंडेलले बताए । ३ बर्ष अघि तिलोत्तमा उद्योग बाणिज्य संघ र व्यापार संघलाई एकै पटक निर्णय गरेर जग्गा दिएपछि उद्योग बाणिज्य संघले भवन निर्माण गरिसकेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार