प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्याली - Butwal Online

काठमाडौँ, १८ वैशाख । २६ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको ¥याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।



¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । सोही अवसरममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरेका छन् । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार