कपिलवस्तुमा भरुवा बन्दुकसहित शव फेला - Butwal Online
कपिलवस्तुमा भरुवा बन्दुकसहित शव फेला

कपिलवस्तु, १८ वैशाख । शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ ।



शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार