वास्तविक मजदुरको लागि मजदुर दिवस - Butwal Online
वास्तविक मजदुरको लागि मजदुर दिवस
  • ‘आकाशको फल, आखा तरी मर्’
  • गुल्मी,१९ वैशाख 

    आज १३० औँ अन्तरााष्ट्रि मजदुर दिवस । अन्य कर्मचारी तथा कामका दिवस मनाएझैँ मजदुरहरुको लागि विशेष दिनको रुपमा मजदुर दिवसलाई लिने गरिन्छ ।

    तर वास्तविक मजदुरहरुले यस दिवसको अर्थ नै नबुझेको पाइन्छ । दिनभर काम नगरी बिहान–बेलुकीको छाक टार्न समेत नसक्ने परिवारका लागि मजदुर दिवस ‘आकाशको फल आखाँ तरी मर्’ जस्तै भएको छ । रेसुङ्गा नगरपालिका ९ की गोमा सुनारले एक दिन मजदुरी नगरे साझँ विहानको चुलो वाल्न समस्या पर्छ । तम्घासमा सानो घर छ गोमाको । ज्यामी काम गरेर उनले आफ्ना छोराछोरी पढाईरहेकी छिन ।

    उनलाई मेलापर्वको २÷४ दिन वाहेक अन्य सवै दिन विहानै काममा निस्कने वाध्यता छ । गोमालाई महिला दिवस, मजदुर दिवस जे दिवस आएपनि उनलाई दिवसले छुन्न ।
    बुधवार पनि उनी एका विहानै काममा निस्किन । सदरमुकाम तम्घासमा वन्ने घरहरुका साथै सडक निमार्णमा बालुवा र इट्टा बोक्ने, ढुङ्गा दिने र मसला बनाउने काम गरेर उनी दैनिक ४ सय रुपैयाँ थाप्छिन । मुलुकभर अन्तराष्ट्रिय मजदुर दिवस मनाइरहदाँ आफुलाई भने मजदुर दिवस कुन चराको नाम थाहा नभएको बताईन ।

    वुधवार मुलुकभरि अन्तराष्ट्रिय मजदुर दिवसमा सयौ कार्यक्रमहरु सम्पन्न भए । मजदुरका पक्षमा भाषण गरेर १३० औ अन्तराष्ट्रिय मजदुर दिवस मनाइयो । तर गोमालाई यसको पत्तो छैन । ‘पत्तो पाए पनि के गर्नु, काम नगरी साझँ विहान घरमा चुलो वल्दैन ।’ उनले भनिन, ‘घरमा केही छैन, गरेर खान खेतवारी पनि छैन मजदुरी नगरि सुखै छैन ।

    ’ सदरमुकाम तम्घासको सडकमा ढुङ्गा पुग्न दिने र मसला वनाउने काम गरिहेकी उनले ५ जनाको परिवार पाल्नका लागि विहानदेखि साझँसम्म मजदुरी गर्न परेको बताईन ।
    १६ बर्ष अगाडि श्रीमान गुमाएको बताउदै गहभरि आशुँ ल्याउदै हामी महिलाले गर्ने जुन काम पुरुष गर्दा ज्याला फरक हुदाँ धेरै हुदाँ दुःख लाग्ने बताईन । हामी महिलाहले गर्ने त्यही काम पुरुषले गर्दा ७ सय रुपैयाँसम्म पाउछन उनी भन्छिन ‘डोको उत्रै हो, समय उही हो, तर ज्याला आधा छ महिलाको ।”
    गोमा सुनारजस्तै प्युठान गौमुखी गाउँपालिका ३ की आयुना घर्तीमगर, रैनादेवी गाउँपािलका पाल्पा ६ का थम्मन राकसकोटी भिम बहादुर रास्कोटी, ढोरपाटन गाउँपालिका २ वाग्लुङ्गकी कमला वुढा, वाग्लुङ्गकै गोपाल मगर, पदम वुढा लगायतलाई पनि आज अन्तरिाष्ट्रिय मजदुर दिवस हो भन्नेसम्म जानकारी छैन ।

    मजदुरहरु सँधै जस्तै नाली वनाउने, ढुङ्गा पुग्न दिने, मसला बनाउने , माटो फाल्ने काममा ब्यस्त छन । एक दिन काम नगर्दा उनीहरुलाई हातमुख जोर्न मुस्किल पर्छ । १६ बर्षदेखि ज्याला मजदुरी गदै आएका रैनादेवी गाउँपालिका पाल्पा ६ का थम्मन राकसकोटीले आफुलाई कुनै दिवसको गथाहा नभएको बताए । दैनिक काम गरेर ७ सय रुपैया कमाउने हो उनी ‘काम गरे घरमा चुलो वल्छ, केटाकेटी विद्यालय जान्छन, दिवस भन्ने थाहा छैन ।’ पाल्पा घरमै २ छोराछोरी र श्रीमतीसगै आफ्नो परिवारको गुजारा चलाउन ठेकेदारका काम जहाँ हुन्छ त्यही पुग्ने गरेको उनले बताए ।

    कहिले पाल्पा, कहिले गुल्मी, कहिले वाग्लुङ्ग र कहिले काकीँ अर्घाखाचीसम्म पुग्नुपर्छ उनले भने, ‘एकसाता काम गरेर ठेकेदारवाट पैसा वुझि केटाकेटीलाई पठाइन्छिु ।’ सदरमुकाम तम्घासको डेरावाट बिहानै निस्कन्छु गौमुखी गाउँपालिका ३ की आयुना घर्तीमगरले भनिन, ‘यति नगरे साहुले कोठा दिँदैन, पसलेले सामान दिँदैन,त्यसैका लागि पनि काम गर्नै प¥यो ।’

    काम पाइने कुराको वाहेर अरु कुराको चिन्ता नभएको उनले बताईन । निर्माण मजदुर हकहित संरक्षण समिति अध्यक्ष ओले रानाले मजदुरहरु एकजुट हुनुको विकल्प नभएको बताए । सदरमुकाममा भएको एक कार्यक्रममा बोल्दै उनले आफुले सबै मजदुरलाई एकैठाउँमा ल्याई सामुहिक रुपमा अगाडी बढ्ने धेरै प्रयास गरेपनि नसकेको गुनासो पोखे ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार